
३० असार, काठमाडौं। एम अधिकारी राष्ट्र बैङ्का गर्भनर महाप्रसाद अधिकारी भएको भन्दै आलोना भइरहेको वेला एमालेकाे स्पस्टीकरण अाएकाे छ । नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको हाे ।
तर, स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर होइनन् भनिए पनि अरु केही बताइएको छैन । पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्ने भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।
आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।
