Fast Nepal News

ऐसेलुखर्क गाउँपालिका वडा नं ६ मा लोकतान्त्रिक गठबन्धन विजयी

banner single news

प्रकाश कपाली

आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै अहिले मतगणना जारी रहेको छ। धेरै स्थानमा मतगणना सुरु भएको छ भने कतिपय स्थानमा मतगणना सँगै प्रारम्भिक नतिजा प्राप्त भएको छ।

यसैगरी ऐसेलुखर्क गाउँपालिका वडा नं ६ मा लोकतान्त्रिक गठबन्धनको समुहले विजय प्राप्त गरेको छ। लोकतान्त्रिक गठबन्धन बाट नेपाली कांग्रेसका वडा अध्यक्षको उम्मेदवार सुनिल राईले नेकपा एमालेका प्रत्याशी बालकुमार राईलाई ४० मतान्तरको फरकमा २७३ मत प्राप्त गरी वडा अध्यक्षको पदमा विजयी हुनुभएको छ।

Inside Article Ads

यसैगरी लोकतान्त्रिक गठबन्धन नेकपा माओवादीका महिला सदस्य निशा राई, दलित महिला वडा सदस्य निर्मला दर्जी, खुल्ला सदस्य विजय राई, कुमार लामा वडा सदस्यको पदमा निर्वाचित हुनुभएको छ।यसरी ऐसेलुखर्क गाउँपालिका वडा नं ६ मा लोकतान्त्रिक गठबन्धन विजय भएको छ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.