Fast Nepal News
Banner Below header

स्थानीय तह निर्वाचन २०७९ विशेष

banner single news

प्रकाश कपाली

स्थानीय तहको निर्वाचन सुरु हुन केही समय मात्र बाँकी छ। मौन अवधि चलिरहेको अवस्थामा निर्वाचन आयोगले निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी थालिसकेको छ।

स्थानीय तहको निर्वाचनमा सम्पूर्ण नागरिकहरू सहभागी भएर मतदान गर्ने अवसर सबैलाई प्राप्त भएको छ।

१.निर्वाचनमा कति नागरिक सहभागी हुँदैछन् र सुरक्षा सम्बन्धी व्यवस्था, मतदान स्थलको अवस्था बारेमा केही महत्वपूर्ण जानकारीहरु।
२. यसपालीको स्थानीय तहको निर्वाचनमा १,७७,३३,७२३ मतदाताले सहभागी जनाउँदै छन् जसमध्ये ८७,४१,५३० महिला, ८५,५२,०१० पुरूष,१८३ अन्य व्यक्तिहरु रहेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।
३.२ लाख ५६ हजार सुरक्षाकर्मी परिचालन गरेको सुरक्षा निकाय श्रोतले जानकारी दिएको छ।
४.२१ हजार ९५५ मतदान स्थल र १० हजार ७५६ मतदान केन्द्र कायम भएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।
५. निर्वाचनमा ९ हजार ८८ जना कर्मचारीहरुलाई निर्वाचन स्थलमा खटाइएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।

Inside Article Ads

२. निर्वाचनको समयवधिमा भएका घटनाहरु।
१. स्थानीय तह निर्वाचनमा ३५५ जनप्रतिनिधि नवनिर्विरोध निर्वाचित।
२. मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा सिराहामा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
३. निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये हालसम्म ९ जनाको मृत्यु भएको छ ।

३.राष्ट्रिय निर्वाचन आयोगका अनुसार मतदान स्थल जाँदा के के गर्न पाउँदैन?
१. मादक पदार्थ सेवन गर्ने व्यक्ति मतदान स्थलमा प्रवेश गरी मतदान गर्न नपाईने।
२. मतदान गर्नका लागि ५ वर्षीय नाबालक लिएर आएको महिला र अशक्तको सहयोगको लागि आएको परिवारको सदस्य बाहेक अन्य व्यक्तिको प्रवेश गर्न पाउनेछैन।
३. निर्वाचन आयोगमा मोबाइल र क्यामेरा ल्याउन नपाउने।
४. मतदान स्थलमा सलाई,लाइटर,एसिड लगायतका हातहतियार लैजान नपाइने।
५. नमुना मतपत्र लगि मतदान गर्न नपाउने ‌
६. राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वस्तुहरू लैजान नपाउने।

४.यसैगरी निर्वाचन सम्बन्धी अन्य जानकारीहरु।
१. सुरक्षा व्यवस्थाका लागि मत गणना गर्ने स्थलमा सि.सी टिभी जडान गरिएको छ।
२. निर्वाचन आयोगद्वारा मतदातालाई मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अभियान सुरु भएको छ।
३. मतदाता परिचयपत्र नभएकाले लालपुर्जा , नागरिकताको आधारमा मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
४. निर्वाचनको यस परिस्थितिलाई जोड दिँदै राष्ट्रिय निर्वाचन आयोगले १९ उच्चस्तरीय टोलीको गठन।
५. सामाजिक सञ्जाल निगरानी गर्ने जिम्मा नेपाली सेना र प्रहरीलाई निर्वाचन आयोगद्वारा प्रदान।
६. मतदान नसकिएसम्म सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको छ।

स्थानीय तहको निर्वाचन २०७९ लाई लक्षित गर्दै हामीले यहाँहरुमाझ राष्ट्रिय निर्वाचन आयोगले निर्वाचनका लागि गरेको तयारी, सुरक्षा अवस्था, विभिन्न घटनालाई समेत समावेश गरी स्थानीय तहको निर्वाचन सम्बन्धी जनचासोका विषयमा निष्पक्ष रुपमा समाचार तयार गरेको छौँ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.