Fast Nepal News

गलत नेतृत्वका कारण काठमाडौं फाेहाेर ठुलाे समस्या भयाे, घरघरबाटै व्यवस्थापन हुन्छ :सिर्जना सिंह

banner single news

प्रतिमा लामा महर्जन / काठमाडौ केशव स्थापितले नयाँ वसपार्क खाए, अब जिते भने सबै खुल्ला ठाउपनि बाँकी राख्दैनन- उपमेयर हरिप्रभा खड्की

स्वच्छ, सफा, सुन्दर र सुशासन सहितकाे काठमाडौंनै मेराे सपना हाे- सिर्जना सिंह

काठमाडौंका नदीहरुमा ढल हाेइन पानी बगाउछाै- सिंह

काठमाडौंमा सार्वजनिक यातायात सुधार गरेर २४ सै घन्टा जाग्ने बनाउने छाै- सिंह

काठमाडौं सार्वजनिक स्थलमामा निशुल्क खाने पानी र शाैचालयकाे व्यवस्था गर्ने छाै- सिंह

ठुला सपना हाेइन सबैले चाहेकाे व्यवस्थित काठमाडौं हाे- सिंह

काठमाडौंमा पार्क, पाेखरी र खुला मैदान बनाउने हाे-सिंह

स्वच्छ, सफा, सुन्दर र सुशासननै काठमाडौं महानगरवासीकाे सपना भएकाेले साेही भेटाउने मेराे लक्ष्य भएकाे काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहले बताएकी छन्।

´सिंहले सेवा, सुशासन, शिक्षा स्वास्थ्य तथा समाजिक सुरक्षा र सुरक्षित काठमाडौं शहरनै हामी सबैकाे सपना हाे` सिंहले भनिन। सिंहले आफुले मेयर भएपछि गर्ने ७ वटा संकल्प आगाडि सारेकाे बताउँदै दिगाे पर्यावरण संस्कृति र सम्पदाकाे संरक्षण सहितकाे सृजनशील महागरवासी बनाउने उद्घाेष समेत बताईन।
काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायीक समाजले उम्मेदवारसँग मतदाता भन्ने विषयमा राखिएकाे छलफल कार्यक्रममा बाेल्दै समृद्ध भईसकेकाे शहरलाई व्यवस्थापन गर्ने समेत बताईन। ´काठमाडौं समृद्ध छ, व्यवस्थापन नभएकाे हाे, मेराे जिम्मेवारी व्यवस्थापन गराउने हाे,` सिंहले भने।

ठुला सपना देखाउने भन्दा पनि गर्न सकिने र गर्नपर्ने कामकाे सूची आफुसंग रहेकाेले सबैकाे सहकार्य गरेर काठमाडौं सुधार्ने अभियानमा सफल हुने समेत दावी सिंहले गरिन।

काठमाडौं बनाउनुको विकल्प नरहेको बताउदै मेराे पार्टीले निकालेकाे घाेषणापत्र र मेराे संकल्प पत्रलाई हेरेरनै काठमाडौंकाे विकास गर्ने सिंहले बताईन।। अहिलेको नेतृत्वले फोहोरो समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको समेत बताइन।

काठमाडौंकाे फाेहाेर घरघरबाटै व्यवस्था गर्न सकिने विज्ञहरुले सुझाव दिएकाे बताउँदै फाेहाेरलाई विना कारण ठुलाे समस्या बनाएकाे समेत सिंहले बताईन।
‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउदाँ नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भनिन्। ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। घरघरबाटै सबैलाई महानगरले सेवा दिने समेत बताइन।

सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिड्ने वातावरण बनाउने समेत सिंहले बताईन। ´काठमाडौं ७७ जिल्लावासीकाे महानगर हाे, सबैकाे सुरक्षाकाे जिम्मा लिन छु,` सिहंले भनिन। महिला हाेस वा पुरुष सबैलाई आत्मनिर्भर बनाउनेनै मेराे दायित्व हुने समेत सिंहले बताईन। ´अब काठमाडौंमा पार्क र पाेखरी बन्छन, खुल्ला मैदान सुरक्षित हुन्छन,` सिंहले भनिनन। ३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउने तर व्यापारी कम्लेक्स नबनाउने त्याे निजी क्षेत्रले बनाउन दिने समेत बताईन। यहाँ महानगरकाे जग्गा व्यापारिक कम्लेक्स बनाएर सकाउने काम भएकाे बताईन।

काठमाडौं २४ घन्टा खुला राखेर चुस्त सार्वजनिक यातायातकाे सेवा दिलाउने र पीपीपी माेडलबाट सार्वजनिक यातायात सुधार गर्ने समेत सिंहले भनिन। सार्वजनिक यातायातकाे समस्याले निजी सवारी बढेकाे र ट्राफिसकाे समस्या समाधान हुन नसकेकाेले सार्वजनिक यतायातामा मुख्य जाेड दिने समेत सिंहले बताईन ।

Inside Article Ads

सडक सुधार गर्न सवैसंग सहकार्य गरेर धुलाे र हिलाे रहित काठमाडौं बनाउने सिंहले बताईन। फुटपाथकाे समस्या समाधान गरेर तेहा व्यवसाय गर्नेलाई व्यवस्था गरेर फुटपाथ खुला गर्ने समेत सिंहले बताईन।

´ठाउमा धारा र खानेपानीकाे व्यवस्था गर्ने छाै, शाैचलाय र पानी खान निशुल्क व्यवस्था गर्ने छाै,` सिंहले भनिन।

युवाहरुकाे,समस्या, युवाहरुकाे राेजगारी, युवाहरुलाई खेलकुदमा आकर्षण गराउने र विदेश जाने क्रम राेक्ने अभियान हुने समेत सिंहले भनिनन।

काठमाडौं बनिराखेकै आाफ्नै सम्पदा संरक्षण गर्न आवस्यक रहेकाे रहेकाे बताऊदै अल्पकालिन र दिर्घकालिन याेजना बनाएर विश्वकाे पर्यटनकाे गन्तव्य काठमाडौं बनाउने समेत सिंहले घाेषणा गरिन।

काठमाडौं नदीहरुमा अब ढलकाे व्यवस्थापन गरेर सफा पानी बग्ने बनाउने प्रमुख उदेश्य हुने समेत सिंहले बताईन। ´अब काठमाडौंका नदीमा ढल हाेइन पानी बगाउछाै,` सिंहले भनिन।

उपमेयर हरिप्रभा खड्कीले नेतृत्वमा महिला हुनुपर्छ भनेर आवज उठाएकाे बताउँदै अहिले काठमाडौंबाट पार्टीले मेयरकाे रुपमा सिर्जना सिंहलाई आगाडि सारेकाे बताऊदै हारने छुट नरहेकाे बताईन।

´महिलाले सुशासन दिन्छन र व्यवस्थित शहर बनाउनेछन्, खारिएकी आमाले अब नेतृत्व सिर्जना सिंहले गर्नुहुन्छ` खड्कीले भनिन। ठुला कुरा गरेर मत लिनुपर्नेछैन, साना कुरालेनै काठमाडौं बनाउने समेत खड्काले भनिन।

´काठमाडौं नयाँ बसपार्क पिएलसिंले बनाएकाे तर ४५ वर्षलाई ५४ सालमा केशव स्थापितले विनाप्रतिस्प्रर्धा दिएकाे हुन, अहिले सम्म साेही सम्मले कव्जा भईरहेकाेछ, ` खड्कीले भनिन। स्थापितले काठमाडौंका सवै खुल्ला ठाउँ मात्रै नभएर धरहरा समेत भाडामा दिने भएकाेले मतदातालाई भाेट हाल्दा बिचार गर्न आग्रह समेत गरिन।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.