Fast Nepal News

गठवन्धन वैठककाे निष्कर्ष नजिक : सञ्चारमन्त्री

banner single news

६ वैशाख, काठमाडौं । बैठक जारी रहेको र निष्कर्षको चरणमा पुग्नै लागेको बताए।‘हामी निष्कर्षको नजिक पुगेका छौं,’ कार्कीले भने, ‘बैठक जारी छ । छलफल सकरात्मक छ । हामी निष्कर्षको चरणमा पुगेका छौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगरबारे टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष नजिक पुगेको दाबी गरेका छन् ।

सम्वाददाताहरुलाई जानकारी गराउँदै, कार्कीले ६ महानगर र ११ उपमहानगरबारे समग्रमा छलफल गरिरहेको जानकारी गराए।मंगलबार भएको बैठक पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्ने, नछाड्ने विषयमा विवाद भएपछि निष्कर्षविहीन भएको थियो । तर, आजको बैठकमा पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति जुटेसँगै ६ महानगरको भागबन्डा सकिएको बताइएको छ ।नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने छ। माओवादी केन्द्रले भरतपुर र जनता समाजवादीले वीरगञ्ज महानगर पाउने भएको छ ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.