
काठमाडौ । प्रकाश कपाली। नेपाली कांग्रेस सहितको गठबन्धनको सरकारले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्दै अघि बढिरहँदा गठबन्धनको सरकारसँग एक्लै चुनाव लड्ने र दुई तिहाईको सरकार ल्याउने भनेको प्रमुख पतिपक्ष दल नेकपा एमालेले पनि राप्रपा र परिवार दलसँग स्थानीय निर्वाचनमा तालमेल गर्ने भएको छ।नेकपा एमाले स्थानीय विकास विभागका अध्यक्ष देवेन्द्र दाहाल र राप्रपा स्थानीय विकास परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठ बिच आज स्थानीय निर्वाचनमा तालमेल गर्ने र नेकपा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने र राप्रपाका उम्मेदवारलाई नेकपा एमालेले सघाउने गरी चुनावी तालमेल गर्ने आज घोषणा भएको हो।
यसैगरी नेकपा एमालेले आज परिवार दलसँग पनि चुनावी तालमेल गरेको छ। नेकपा एमाले स्थानीय विकास विभागका अध्यक्ष देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल बिच स्थानीय निवार्चनमा तालमेल गरी परिवार दल नेकपा एमाले र राप्रपासँगै स्थानीय निर्वाचनमा तालमेल गर्ने उद्देश्यले गठबन्धनमा सहभागी भएको हो।
