Fast Nepal News

राष्ट्रिय युवा संघ नेपालको भक्तपुर इञ्चार्जमा थपलिया

banner single news

काठमाण्डौं । राष्ट्रिय युवा संघ नेपालको भक्तपुर इञ्चार्जमा वाइसियल नेपाल भक्तपुरका पुर्व अध्यक्ष दिनेश थपलिया “आक्रोश” चयन भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको भक्तपुर सहित देशै भरका जिल्लाहरुमा इञ्चार्ज तथा सह इञ्चार्जहरु तोकिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले भक्तपुर जिल्ला सहइन्चार्जमा दिपक दाहाललाई जिम्मेवारी दिएको छ । दाहाल तत्कालीन नेकपा एमालेको भातृ संगठन युवा संघका भक्तपुर अध्यक्ष रहेका थिए ।

को हुन थपलिया ?

Inside Article Ads

नुवाकोटको लिखु गाँउपालीका ४ घर भई हाल मध्यपुर नगरपालीका ३ भक्तपुरमा बस्दै आएका छन् ।२०५७ देखि नेकपा माओबादी पार्टीको पुर्णकालिन सदस्य तथा भुमिगत भएका थपलियालाई तात्कालीन सरकारले दुई बर्ष हिरासतमा राखेर चरम यातना दिएको थियो । २०५८ चैत्र गिरफ्तार भएका थपलिया २०६० चैत्र २६ गते रिहा भएका थिए । रिहा भएपछि थपलिया पार्टीले दिएको जिम्मेवारीलाई निर्वाह गदै निरन्तर पार्टी संगठनमा रहेर काम गदै आइरहेका छन् ।
थपलिया वाइसीएल नेपाल भक्तपुर जिल्ला अध्यक्ष, नेकपा भक्तपुर जिल्ला सदस्य, राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा रहेर काम गरिसकेका छन् ।
सशस्त्र जनयुद्धमा पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेका त्यस बेला देखिनै प्रचण्डका विश्वास पात्रका रुपमा रहंदै आएका छन् । भक्तपुरमा सरकारी कार्यालयहरुको बेथीति, कालोबजारी र भ्रष्टाचार नियन्त्रण लगायतमा उनले अभियाननै चलाँउदै आइरहेका छन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.