Fast Nepal News

नेपाली कांग्रेसकाे घर घरमा जाउँ कांग्रेस जिताउ अभियान सुरू

banner single news

प्रतिमा लामा महर्जन ,काठमाडौ ।नेपाली कांग्रेसकाे घर घरमा जाउ कांग्रेस जिताउ अभियान अन्तर्गत आज राजधानीकाे थानकोटमा चन्द्रागिरि नगर समितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले घर घरमा जाउ कांग्रेस जिताउ अभियानले देश भर राजनीतिक हलचल ल्याएकाे बताउनु भयकाे छ । कांग्रेसकाे प्रतिस्पर्धा कमनिस्ट पार्टि सित हुने भएकाले सालिन रुपमा प्रतिस्पर्धामा खराे उत्त्रन पर्ने बताउनु भयकाे छ ।

Inside Article Ads


2046 काे परिवर्तन पछि मुलुकको बिकास जसरी हुनु पर्ने हाे ।त्याे हुन नसक्नुकाे मुख्य बाधक नेकपा एमाले भएकाे समेत बताउनु हुँदै नारा दिने, तर काम नगर्ने पार्टि कमनिस्ठहरु भएकाे कुरा लिएर जनता सामु पुग्नु पर्ने बताउनु भएकाे छ । जनताकाे घर घरमा पुग्दा सालिन र नम्र ब्यवहार देखाउन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनु भएकाे छ। ।
स्थानीय निकायकाे चुनावमा पार्टिका उमेदवार सिफारिस र चयन पार्टि बिधान अनुसार गर्न माताहतका कमिटिहरुलाई निर्देशन दिनु हुँदै बिधाले भने भन्दा बढि सिफारिस गरेर आफू लाेक प्रिय बन्ने नेताहरुको टाउकाेमा दाेष थुपार्न काम नगर्न समेत निर्देशन दिनु भएकाे छ । पार्टि गतिविधि कागजमा सिमित नगरि पारदर्शिता अपनाउन समेत आग्रह गर्नु भएकाे छ।
कार्यक्रममा बाेल्दै केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले काठमाडाैको संगठन बलियाे भयाे भने देशभरकाे संगठन बलियाे हुने भन्दै अब काठमाडौ ले नै मुलुककाे नेतृत्व गर्ने अवसर आउने भएकाले याे अवसर नगुमाउन पनि आग्रह गर्नु भएकाे छ। कांग्रेस केन्द्रीय सदस्य ध्यान गाेबिन्द रन्जित, राजेन्द्र कुमार केसि काठमाडौ जिल्ला सभापति सबुझ बानिया लगायतले कहाँ-कहाँ उमेदवारहरुलाई जिताउन दिनरात नभनी खट्नु पर्ने बताउनु भएकाे छ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.