
काठमाडौ/ पारस श्रेष्ठ/ करिशमा मानन्धर यसअघि बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी थिइन् ।अभिनेत्री करिश्मालाई काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छ्न ।
एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरको भनाइ छ । उनले मुलुकको परिवर्तनका लागि काम गर्नै एमाले रोजेको बताइन् ।मंगलबार एमाले प्रवेश गरेपछि उने यस्ताे बताइन् । ‘म कुनै पदकाे साैदाबाजी भएर एमालेमा आएकाे हाेइन । म नितान्त: कार्यकर्ता बन्न आएकी हुँ ।’आफू एमाले प्रवेश गर्दा वर्षाैँदेखि पार्टीमै रहेकाहरूले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् ।
