
२२ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेकाे जनाइएकाे छ ।
संसद सचिवालयले नै आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकका लागि आन्तरिक कार्यसूचीमा महाअभियोग सिफारिस समिति गठन गर्ने विषय राखेको थियो । सोही अनुसार कार्यव्यवस्था समितिका सदस्यहरुले धारणा राखिरहेका छन् ।
जबराविरुद्ध सत्ता गठनबन्धनका सांसदहरुले फागुन १ गते संसदमा महाअभियोग दर्ता गरेका थिए ।
