Fast Nepal News

सर्वोच्चमा संवैधानिक इजलास आजदेखि

असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन

banner single news

२० फागुन, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएकाे थीयाे ।लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि शुरु हुँनेे भएकाे छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन ।सर्वोच्च अदालतमा गोला प्रक्रिया शुरु भएपछि संवैधानिक इजलास बस्न थालेको हो । तर संविधानमा नै प्रधानन्यायाधीशले न्यायपरिषदको सिफारिसमा अरु न्यायाधीश तोक्ने भन्ने व्यवस्था भएकाले संवैधानिक इजलासमा बस्ने न्यायाधीशको टुंगो लगाउन गोला प्रक्रियामा जानु पर्दैन ।

Inside Article Ads

यसअघि नै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार एसोसिएसनसँगको प्रतिवद्धताका क्रममा बरिष्ठताक्रम अनुसार संवैधानिक इजलास गठन गर्ने प्रतिवद्धता जनाएका थिए ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.