Fast Nepal News

अलपत्र पर्दैन महाअभियोग प्रस्ताव : कानुनमन्त्री बडु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महअभियोग प्रस्ताव अव अलपत्र नपर्ने

banner single news

१८ फागुन, काठमाडौं । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभाको अबको बैठकले महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाउने दावी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महअभियोग प्रस्ताव अव अलपत्र नपर्ने बताएका हुन् ।

पत्रकारहरुले संसद भवनमा कानुनमन्त्री बडुलाई महाअभियोग प्रस्ताव अलपत्र परेको हो त भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अलपत्र कहाँ पर्छ, पर्दैन । यसले आफ्नो स्वाभाविक कोर्स लिन्छ’ उनले भने ।महाअभियोग प्रस्तावबारे राजनीतिक दलहरुसँग छलफल भइरहेको र सबैको सल्लाह अनुसार आउने बैठकबाट महाअभियोग सिफारिस समितिमा पठाउने तयारी भएको मन्त्री बडुको भनाइ छ । उनले भने ‘सबैसँग सल्लाह भइरहेको छ, आउने बैठकबाट प्रक्रिया अघि बढ्छ’

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.