
१ फागुन, आइतबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले न्याय क्षेत्रमा देखिएका अन्योल, अराजकता र बेथितीको निकास प्रधानन्यायाधीशले दिनुपर्ने भए पनि उनले निकास नदिएपछि संवैधानिक बाटोबाट निकास दिन लागेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा देखिएको समस्याको राजिनामा नदिएपछि महाअभियोग लगाएको बताएका छन् ।
।उनले सत्तारुढ गठबन्धनको सहमतिबाटै महाअभियोग प्रस्ताव दर्ता गरेको पनि बताए ।न्यायालयको क्षेत्रमा केही समयदेखि निकै धेरै अन्योल, अराजकता र बेथिती देखा पर्यो, र यो अन्योल अराजकता र बेतिथी स्वतन्त्र न्यायलयको क्षेत्रमा देखा पर्नु राज्यका लागि र जनताका लागि दुखद कुरा थियो नै । बारको तर्फबाट अधिवक्ताहरु र स्वयं न्यायाधीश नै आन्दोलित हुने विचित्र स्थिति नेपालमा देखापर्यो यसको सहज ढंगले निकास होस् भन्ने हाम्रो चाहना थियो । सहज ढंगले संवादको माध्यमबाट सबैले निकासको प्रयास गरुन् भनेर हामीले गठबन्धनको तर्फबाट पहल कदमी गर्यौं । गठबन्धनको बैठकबाट यसको सहज निकास दिन सम्बन्धित सबैलाई अपिल पनि गर्यौं ।
न्यायलयको बेथितीका लागि मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ
झन् पछि झन् न्याय क्षेत्र विवादित हुने, अराजक हुने, झन् अन्योलग्रस्त हुने देखिएपछि एउटा वैधानिक, संवैधानिक र लोकतानित्रक बाटोबाट समस्याको निकास गर्ने भनेको महाअभियोग नै हुन्छ । त्यसमा गठबन्धनमा आम सहमति पनि भयो र हामीले त्यो दर्ता गर्यौं ।
