Fast Nepal News

युवा परिषदको कार्यकारी उपाध्यक्षमा युवा नेता सुरेन्द्र बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्

banner single news

काठमाडौ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजतको प्रस्तावमा बस्नेतलाई चार वर्षका लागि उपाध्यक्षमा नियुक्त गरेको हो ।

माओवादी केन्द्रका युवा नेता बस्नेत अनेरास्ववियू क्रान्तिकारीका पूर्व उपाध्यक्ष पनि हुन् । बस्नेतलाई राज्यमन्त्री सरह सुविधा पाउनेगरि चार वर्षका लागि नियुक्त गरिएको मन्त्री गहतराजले बताए ।यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका माधव ढंगेललाई सरकारले हटाएको थियो । ढुंगेल एमाले केन्द्रीय सदस्य हुन् ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.