Fast Nepal News

चैत ५ भित्र स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

आयोग पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन चैत ५ भित्र गरिसक्नुपर्ने बाध्यता रहेको बताएका छन्

banner single news

कात्तिक, काठमाडौं । स्थानीय तहको निर्वाचन २०७८ चैत ५ भित्र गरिसक्नुपर्ने निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रस्ताव राखेका छन् ।
सोमबार प्रधानमन्त्री देउवालाई भेटेर आयोग पदाधिकारीहरुले राष्ट्रियसभा सदस्यका साथै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तयारीबारे छलफल गरेको हाे । संविधानको धारा २२५ मा स्थानीय तहका जनप्रतिनिधि (गाउँ र नगरसभा) को कार्यकाल ५ वर्ष हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । तर राजनीतिक दलसम्बन्धी ऐनमा गाउँ र नगरसभाको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयुक्त भन्छन्,‘संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था पनि छैन । स्थानीय तह पदाधिकारीविहीन राख्न पनि मिल्दैन,’ ‘चैतभित्र देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न हामी तयार छौं भनेका छौं ।’

Inside Article Ads

आयोग पदाधिकारीहरुले भने तीन तहको चुनाव वा प्रदेशसभा र प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने संवैधानिक व्यवस्था नभएको बताएका छन् । ‘तीनै तहको निर्वाचन एकै पटक गर्ने, अर्ली इलेक्सनजस्ता बाहिर भएका चर्चातर्फ संकेत गर्दै हामीले संविधानमा त्यस्तो कुनै व्यवस्था छैन भनेर स्मरण गराएका छौं,’आयुक्तले भने ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.