Fast Nepal News
Banner Below header

एकीकृत समाजवादीको पदाधिकारी टिम यस्तो बनाइयाे

३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ

banner single news

असोज, काठमाडौं । बिहीबार बसेको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको छ। १८ सदस्यीय पदाधिकारी बनाए सँगै सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन् ।यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन् ।

Inside Article Ads

सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार, बैठकले ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । प्रदेश तथा जिल्ला इन्चार्ज तोक्नुका साथै केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको छ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.