Fast Nepal News

प्रदेश १ र बागमतीमा सरकार गठनको गृहकार्य थालिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैं अघि नै विश्वासको मत लिनुपर्छ

banner single news

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा दुबै प्रदेशमा सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति जुटेको छ । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा गठबन्धन सरकार गठनको गृहकार्य थाल्ने सहमति भएको हाे ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैं अघि नै विश्वासको मत लिनुपर्छ ।

दुबै प्रदेशमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिल्ने हो भने विपक्षमा बहुमत पुग्छ र नयाँ सरकार बन्छ । तर कुन दलको नेतृत्वमा सरकार गठन गर्ने भन्ने टुंगो लागेको छैन ।

Inside Article Ads

‘पर्सिसम्म एउटा सहमतिमा पुग्ने भनेका छौं,’ बैठकमा सहभागी एक नेताले भनेका छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.