
नेपाली कांग्रेसको १४ महाधिवेशनको पुर्व सन्ध्यामा भक्तपुरका युवा ब्यावसायी सुजन छेङ्गुतला कांग्रेसको सदस्यता लिएका छ्न ।भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले उहाँलाई कांग्रेसको विचारमा आवद्ध गर्नुभएको हो ।कांग्रेस काभ्रेका पुराना नेता इन्द्रमणी अधिकारी र युबा नेता भगवान अधिकारीको संगत ,बिचार मन्थनले आफू बिपी विचारमा आवद्ध भएको सुजन छेङोतला बताउँछन् । कांग्रेसको वार्ड अधिवेशन सम्पन्न भए पछी मात्रै कांग्रेसको सदस्यता लिने लक्ष्य पुरा भएको उनी बताउँछन् । कार्यक्रममा विद्यार्थी नेता सुरज तिमल्सिना लगायत भक्तपुरका नेताकार्यकर्ताको सहभागिता थियो ।


