Fast Nepal News

एमसिसि विरुद्ध जनमोर्चा ले भदौ २२ मा भव्य देशव्यापी प्रदर्शन गर्ने।

banner single news


डायमण्ड जोशी
२१ भाद्र, काठमाण्डौ।

राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै जनमोर्चाले यसलाई कुनै हालतमा अनुमोदन गर्न नहुने बताएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले न्यूनतम कार्यक्रममा एमसीसी समावेश नगरेको भए पनि केही दिनयताका गतिविधिले एमसीसीलाई पारित गराउन चलखेल हुन थालेको बताएका छन् ।

‘एमसीसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति हो । तर केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

Inside Article Ads

राष्ट्रिय जनमोर्चाले एमसीएका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न मंगलबार सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ । उक्त दिन ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी लगायत विरोध कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.