Fast Nepal News

भदौ २३मा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान

सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो

banner single news

भदौ, काठमाडौं । शनिबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् ।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।

Inside Article Ads

त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.