Fast Nepal News

रुसले उत्पादन गरेको कोरोना खोपको परीक्षणको तयारी सुरु : ४० हजारभन्दा धेरै मानिसमा खोप परीक्षण गरिने

banner single news

काठमाडौं, भदौ ५ – रुसले आफूले उत्पादन गरेको कोरोना खोपको आमरुपमा परीक्षणको तयारी सुरु गरेको छ । यस अन्तर्गत ४० हजारभन्दा धेरै मानिसमा यो खोप लगाइनेछ ।

परीक्षणको काम आउने हप्ताबाट सुरु हुनेछ । यसमा विदेशी अनुसन्धान एजेन्सीहरुलाई पनि सहभागी गराइनेछ । रुसले परीक्षणका लागि खोपको २ हजार डोज मेक्सिको पठाउने निर्णय गरेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि रुसले आफ्नो खोपको जानकारी पठाएको छ । रुसले ११ अगस्टमा कोरोनाविरुद्धको खोप स्पुतनिक तयार गरेको घोषणा गरेको थियो ।

Inside Article Ads

अहिलेसम्म संसारमा कोरोना भाइरस संक्रमितको २ करोड २७ लाख २० हजार २९४ केस बाहिर आइसकेको छ । यीमध्ये १ करोड ५४ लाख ६ हजार ५०४ जना निको भइसकेका छन् भने ७ लाख ९३ हजार ७०८ जनाको कोरोना संक्रमणको कारण मृत्यू भइसकेको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.