Fast Nepal News

तनहुँमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

banner single news

मदन तिमल्सेना

तनहुँ, भदौ २ – तनहुँकी एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने ५० बर्षिया महिला व्यास नगरपालिका वडा नम्बर १ की स्थानिय हुन् । महिलाको मृत्यु पश्चात उनमा कोरोना पुष्टि भएको हो । महिला पोखराको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् । उनको गए राति ११ बजे अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो ।

Inside Article Ads

तनहुँमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।तनहुँमा अहिलेसम्म २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८२ जनाले कोरोना जितेर निको भई घर फर्कीसकेका छन् भने ३५ जना आइसोलेसनमा उपचाररत छन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.