काठमाडौँ, श्रावण २३ – कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सिल गर्न लागिएको छ । केहीबेर अघिको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भएको बताए । स्वास्थ्य मन्त्रालयबाट औपचारिक जानकारी आएपछि घोषणा गर्ने छौं, उनले भने ।