Fast Nepal News

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ओकिनावा क्षेत्र बिस्तार (फोटो फिचर)

banner single news

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानले ओकिनावा क्षेत्र बिस्तार गरेको छ । प्रितम गर्वुजा पुनको संयोजकत्वमा १९ सदस्य ओकिनावा क्षेत्रीय तदर्थ समिति गठन गरिएको संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । ओकिनावा क्षेत्रको उपसंयोजक तेजराज ओझा र रितु परियार,सचिव देवेन्द्र खड्का, कोषाध्यक्ष चक्र शाही, सहसचिवमा सुजन न्यौपाने रहनुभएको छ ।

सदस्यहरू प्रकाश जंग तामाङ, बिजेन रोका, दिपक अर्याल, शैलेन्द्र अधिकारी, कुमार श्रेष्ठ, भविष्य कठ्याल, आशिस सुवेदी, छविन्द्र राई, सोफि शेर्पा, मेन्दो लामा, उमेश जंग रायमाझी , मंगल बहादुर सुनार र तोयानाथ धिताल रहेका छन ।

Inside Article Ads

ओकिनावामा रहनुहुने नेपाली समुदायले एनआरएनए केन्द्र संग क्षेत्र बिस्तारको माँग गरे पछि एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, उपाध्यक्ष तथा क्षेत्र बिस्तार समिति संयोजक दिपक कार्की, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, सदस्य एवं क्षेत्र बिस्तार समिति सदस्य रामकृष्ण श्रेष्ठ, मानार्थ सदस्य नारायण प्रसाद कडेल र एनआरएनए ओकिनावा पुर्ब अध्यक्ष लक्ष्मण ओझाको उपस्थितिमा सो क्षेत्र आइतवार गठन गरिएको थियो । ओकिनावा क्षेत्रमा नेपाली समुदायको बाक्लो उपस्थिती रहेकोले एनआरएनए ओकिनावाले नेपाली समुदायको हकहितको लागि काम गर्ने अपेक्षा गरिएको छ ।
    

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.