Fast Nepal News

असाहयको साहारा अबिरल पोख्रेल |

banner single news

चितवन : कोरोना संक्रमित बढेपछि चितवनका ७ वटा स्थानीय तहमा निषेधाज्ञ नै घोषणा गर्नु प¥यो । निषेधाज्ञसँगै जनजीवन कष्टकर बन्दै गएको छ । तर चितवनका युवा अबिरल पोखरेलको दैनिक अलि फरक छ ।
भरतपुर महानगरमा विपद् व्यवस्थापन अन्र्तगत वरुण यन्त्रका सहायक ईन्चार्ज हुन्, पोखरेल । उनी यतिबेला कोरोना नियन्त्रण लागि पिसिआर परीक्षणको सिसिआईसीटी टिमको ईन्चार्ज भएरआम सर्वसाधारणको सेवामा व्यस्त छन् ।
चितवनमा कोरोनाको महामारी ह्वात्तै बढेपछि उनको व्यस्तता पनि बढेको हो । उनी दैनिक कारोना संक्रमित बिरामीहरुको पिसिआर परीक्षण र विदेश र अन्य जिल्लाबाट जिल्लामा आएकालाई क्वारेन्टिनमा पुराउने र पिसिआर गराउन आफै एम्बुलेन्स चलाएर दैनिक खटिन्छन्।
कोरोना संक्रमित र आशंका गरिएकालाई हेला होइन् माया गर्नु भन्दै उनले आफुले विपद् यो घडीमा सहयोगी बन्दै सेवा गर्न पाएकोमा आफुलाई ठुलो आत्मसन्तुष्ट मिल्ने गरेको बताए ।
सुरुमा कोरोना संक्रमित र आशंका गरिएकालाई एक ठाँउबाट अर्को ठाँउमा पुराउछ भनेर धेरैले हेप्दा केही खिन्न भएपनि कोरोना कहर बढेसगैँ आम सर्वसाधारणको धरण र सचेतना बढेकोमा उनी खुसी छन्।
आफुले महानगरमार्फत पठाएको २४ सय जनाको पिसिआर गराउन एम्बुलेन्समा लगेको र विदेशबाट आएका ४ हजारलाई बढीलाई क्वारेन्टिन पुराएर सेवा दिएको उनको भनाई छ । ।
‘सत्यकर्ममा मनदेखि जुट्नुपर्छ’, उनले भने, ‘सबै कुरा विस्तारै प्राप्त हुन्छ ।’ यति धेरैलाई एकै सेवा गर्न सकौला भन्ने आफुले कल्पनासमेत नगरेको उनी भन्छन् । आत्मबल बढाएर काम गरे सकिने रहेछ।’
कोरोनाको महामारी छ, उनले भने, महानगर प्रमुख रेनु दाहाल पनि आम जनतालाई कसरी सहज सेवा दिन सकिन्छ, भनेर चिन्तित हुनुहुन्छ । उहाँले थालेको अभियानलाई सफल बनाउन टिम काम गर्दा खुसी छु।’
एक हप्त अगाडि मात्रै भरतपुर– २९को गाइघाटबाट बेसहारा अशक्त वृद्वालाई उनले उद्धार गर्न सफल भए । ६९ वर्षकी महिलालाई पोख्रेलले गाडीमा लिएर आएका हुन् र उनले वृद्धालाई भरतपुर –१० स्थित क्वारेन्टिन ल्याए । वृद्धाको नियमित हेरचाहा सरसफाई खानपान लगायतको विषयमा पोख्रेलले पिसिआएर परीक्षण गराउँदै उनलाई मानवसेवा आश्रम राख्ने तयारीमा छन् | वेसाहरा महिलालाई धेरैले हेला गरेको र उद्धार समेत गर्न हिचकिचाएपछि मेयर रेनु दाहाललाई जानकारी गराउँदै महिलाको उद्धार गरेको बताए।
स्वास्थकर्मी मोहन तिवारी, सन्तोष तिमल्सिना लगायतको टिम लागेर पिसिआर परीक्षणको लागि नमुना सकंलन गरि कोभिड प्रयोगशालामा पठाइएको थियो । पिसिआर रिपोर्ट नेगेटिभ आएमा उक्त बृद्बालाई बृद्वाश्रम वा अन्य ठाउँमा लानको लागि मेयर रेनु दाहालसँग पहल गर्ने उनको सोच छ।
यो समाजले सधैं प्रेरक मान्नुपर्दछ । उनले आफ्नो जीवन भोगाइले गर्दा जसरी पनि अरूको सेवा र सहयोगका निम्ति झन्झट र दुःख फिटिक्कै महसुस गरेनन् । अनेक समस्यालाई पन्छयाउँदै अघि बढे। यिनै पोखरेल यतिवेला समाजका लागि उदाहरणीय पात्र बनेका छन् ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.