Fast Nepal News

काठमाडौंबासी माझ लोकप्रिय र राजनीतिक क्षेत्रकै एक चिरपरिचित नाम राजु राज जोशी

banner single news

काठमाडौं । राजु राज जोशी काठमाडौंबासी माझ लोकप्रिय र राजनीतिक क्षेत्रकै एक चिरपरिचित एक नाम हो । बि.स. २०१७ सालमा काठमाडौंको याट्खा टोलमा जन्मनु भएका जोशी विद्यार्थी काल देखिनै राजनीतिमा सकृय हुनुहुन्छ । उहाँले त्रिभुवन विश्व विद्यालय किर्तीपुरबाट एमबिएसम्मको अध्ययन पुरा गर्नु भएको छ । २०४६ को जनआन्दोलनमा तयारी समितिको सदस्य भई महत्वपूर्ण जिम्मेवारीलाई वहन गर्नुभएका उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन देखी २०४६ को प्रजातान्त्रिक आन्दोलन हुँदै २०६२/ ६३ को लोकतान्त्रिक जनआन्दोलनलाई सफल पार्न उल्लेख्य योगदान पुर्याउनुभएको थियो ।

२०४२ सालको सत्याग्रहमा पक्राउपरि ११ महिनासम्म जेल जीवन गुजार्नु भएका जोशी लोकतन्त्र प्रति प्रतिबद्ध नेताका रुपमा गनिनुहुन्छ । पार्टि भित्र समेत लोकप्रिय जोशी २०५३ सालमा नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको सचिवमा निर्वाचित हुनुभई कुशलतापुर्वक कार्य सम्पादन गर्नुभएको थियो । २०५२ मा इन्टरन्यासनल युनियन अफ सोसलिस्ट युथको उपाध्यक्षको जिम्मेवारी बहन गर्नु भएका उहाँकै नेतृत्व एवम् संयोजनमा विश्वका ७० देशका प्रातिनिधिको सहभागीतामा २०५३ मा एशियाको पहिलो विश्व युवा सम्मेलन सम्पन भएको थियो । उहाँ २०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार समेत हुनुहुन्थ्यो ।

Inside Article Ads

राजु राज जोशी सामाजिक कार्यहरुमा समेत उत्तिकै सकृय हुनुहुन्छ । २०७२ को भुकम्पमा उद्धार तथा राहत वितरण सकृय रुपमा लाग्नु भएको थियो । उहाँले शैक्षिक विकासका निम्ती भनेर आफना माता एवम पिताको स्मृतिमा नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी मा. वि. र आर्थिक अवस्था कमजोर रहेका बिरामीहरुको सहयोगार्थ वीर अस्पतालमा रु. १० लाखको गजेन्द्र राज जोशी अक्षय कोष स्थापना गर्नुभएको छ । त्यस्तै उहाँले शान्ती निकुन्ज विद्यालयमा कोभिड आईसोलेसन केन्द्र संचालनसँगै राहत सामाग्री वितरण गर्ने देखी २०७८ मा हेलम्बुका बाढि पिडितलाई राहत वितरण गर्नुभएको थियो ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.