
अति सुन्दर किन्नर जीवनमा
अझ उर्वर निक्खर जो-वनमा।
जति सिर्जनशील भई चुलियो
उति मानव-बीच गई भुलियो।।
कलिला दिनमा रचना गरियो
रसिलो पनमा सपना भरियो।
रसमा रसिलो जपना गरियो
अहिले गुलियोबिपना छरियो।।
वन-जङ्गलबाट जुटे लुटुवा
जन-जीवनबाट छुटे मनुवा।
जनता जति राहु सहे,चुटिए
तिनको मति उन्नतिमा भुटिए।।
मलुकैभरको गति शून्य भयो
लुटुवा-पनमा गणतन्त्र गयो।
घरका परका गठबन्ध हुने
जसरी पनि यो घरको दुहुने।।
हुनसम्म भयो गति तीव्र भयो
नबुझी र बुझी पथ शीघ्र गयो।
सहबास भयो अनि आश गयो
यसरी नव जीवन नाश भयो।।