Fast Nepal News

बजेट खर्च असन्तुलित बन्दै

banner single news

काठमाडौं – चैत २४

काठमाडौं, पछिल्लो समय चालू खर्च अनियन्त्रित बन्दा बजेट खर्च असन्तुलित बन्न थालेको छ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा खर्च प्रणालीलाई सुधार गरी चालू खर्चमा मितव्ययिता अपनाउनुका साथै विकास निर्माणको कामलाई तीव्रता दिने सरकारले बताए पनि चालू खर्च तीव्र गतिमा बढेको छ भने विकास खर्च झन् खस्किएको छ ।

प्रशासनिक कार्य सञ्चालनदेखि कर्मचारीको तलब भत्तासम्मको शीर्षकमा चालू खर्चको बजेटमार्फत खर्च गरिन्छ । पूँजीगत शीर्षकमा छुट्ट्याइने बजेट विकास निर्माणको कार्यमा खर्च गरिँदै आइएको छ ।

चालू आवको ९ महीना सकिन लाग्दा चैत २२ सम्ममा प्रशासनिक खर्चदेखि तलब भत्तामा मात्रै ५ खर्ब सकिएको छ, विकासको काममा भने ९४ अर्बमात्रै खर्च भएको छ । गतवर्षको तुलनामा हेर्दा चालू खर्च बढेको छ भने विकास झनै घटेको छ । यसले बजेट खर्चलाई असन्तुलित बनाउँदै लगेको छ ।

Inside Article Ads

गतवर्ष यस अवधिमा चालू शीर्षकमा ४ खर्ब ६९ अर्ब खर्च भएको थियो भने विकासतर्पm १ खर्ब ४३ अर्बभन्दा बढी खर्च भएको थियो । यसरी हेर्दा गतवर्षको तुलनामा यस वर्ष चालू खर्च बढेको छ भने विकास खर्च झनै घटेको देखिएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालि सकेपछि बजेट खर्चलाई सही रूपमा खर्च गर्न विष्णु पौडेलले बारम्बार सरकारी अधिकारीहरूलाई निर्देशन दिँदै आएका छन् । तर, उनले दिने त्यस्ता निर्देशन पालना हुन नसक्दा चालू खर्च बढेको बढ्यै छ भने विकास खर्च भने कमजोर हुँदै गएको स्पष्ट देखिएको छ ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गतवर्षको तुलनामा यस वर्ष बजेट खर्च उत्साहजनक नै हुने आकलन गरिएको थियो तर त्यस्तो देखिएन । आर्थिक अभियान दैनिकबाट

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.