Fast Nepal News

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह

banner single news

काठमाडौं, ११ फाल्गुण -नेपाल चेम्बर अफ कमर्शले कोरोनाको खोप दिँदा उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेको छ । उद्योग तथा व्यवसायी क्षेत्र अग्रपंक्तीमा रही काम गर्ने भएकोले राज्यले गम्भीरतापूर्वक लिइ प्राथमिकतामा राखी खोप दिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष चेम्बरले अनुरोध गरेको हो । चेम्बरका तर्फबाट आधिकारीक धारणा राख्दै महानिर्देशक कैलाश कुमार बजिमयद्वारा प्रेसित पत्रमा सो सम्बन्ध बारे उल्लेख गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि सम्भव हुने भएकोले निजि क्षेत्रलाई प्राथमिकतामा राख्न चेम्बरले आग्रह गरेको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.