Fast Nepal News

घट्यो सुनचाँदीको मुल्य

banner single news

नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलाको ९२ हजार ६ सय रूपैयाँ तोकिएको थियो।

तेजाबी सुन पनि सोही दरमा घटेको छ। आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९२ हजार १ सय रूपैयाँ निर्धारण गरिएको थियो।

Inside Article Ads

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ६० रूपैयाँ घटेर १ हजार ३ सय २० रूपैयाँ कायम भएको छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.