Fast Nepal News

चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गर्ने,कति पाउला ‘ओपन रेञ्ज’ ?

banner single news

काठमाडौं,२१ माघ । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गर्ने भएको छ । आईपीओ यहि साता सूचीकृत गरेर अर्को सातादेखि कारोबार खुला गर्ने नेप्सेले तयारी थालेको छ ।

यहि हप्ता सूचीकरण भए पनि चन्द्रागिरिको दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट हुनेछ । नेप्सेले पहिरो कारोबारका लागि तीन गुणासम्म ‘ओपन रेञ्ज’ तोक्ने गरेको छ । नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार हुनेछ । चन्द्रागिरिका लागि नेप्सेले ९६ दशमलव ९९ रुपैयाँदेखि २९० दशमलव ०७ रुपैयाँ ओपन रेञ्ज तोक्ने जानकारी दिएको छ ।

कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको हो ।

Inside Article Ads

आईपीओ आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसमा पनि भाग्यमानी २ जनाले भने ११–११ कित्ता सेयर हात पारेको थिए । १० कित्ताका दरले बाँडफाँट गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.