Fast Nepal News

बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम, एक लाख ५३ हजारमा कारोबार हुँदै

banner single news

बुधबार स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

Inside Article Ads

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी बुधबारका लागि भने रु एक हजार आठ सय ३५ निर्धारण भएको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.