
आज स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो ।
शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५० ले वृद्धि भएको हो ।
Visited 47 times, 1 visit(s) today
