Fast Nepal News

शनिबार अमेरिकी डलर खरिदमा १३३ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३४ रुपैयाँ १७

banner single news

शनिबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने युरो, अष्ट्रेलियन डलरलगायत केही मुद्रा कमजोर बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ५५ पैसा र बिक्रीमा १३४ रुपैयाँ १५ पैसा तोकिएकोमा शनिबार बढेर खरिदमा १३३ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३४ रुपैयाँ १७ पैसा पुगेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेकोमा आज घटेर खरिदमा १४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रुपैयाँ १२ पैसा पर्नेछ।

यसैगरी, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । यसअघि एकको खरिद मूल्य ८९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ३० पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज घटेर खरिदमा ८९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८४ पैसा पर्नेछ ।

Inside Article Ads

त्यस्तै, क्यानेडिन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७९ पैसा र कुवेती दिनार एकको खरिद मूल्य ४३६ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ४३८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

 

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.