
सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन सोमबारका लागि भने एक लाख ४६ हजार नौ सय रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यस्तै, आइतबार प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य सोमबारका लागि एक लाख ४६ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ८५ निर्धारण गरिएको छ ।