Fast Nepal News

शुक्रबार बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

banner single news

शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

शुक्रबार सुनको मूल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्वाधिक मूल्य भएको हो । शुक्रबार सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो ।

यस अघि बिहीबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो ।

Inside Article Ads

त्यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.