Fast Nepal News

banner single news

झापा, जेष्ठ २० । १९ गते झापा स्थित एनएमसी एग्रो फर्म मेचीनगर १४, दुवागढीमा सरोकारवाला निकायले औपचारिक कार्यक्रम गरि संयुक्त रुपमा विश्व दूध दिवस मनाएका छन । उक्त मुल समारोह कार्यक्रमलाई संबोधन गर्दै कृषि, पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताईन् ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदीरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने उनले बताएकी हुन । ‘दुग्ध उत्पादक किसानहरूले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं, उनले भनिन्, ‘मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरू अवलोकन गरेको छु । किसानहरूले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’।

प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र वस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताइन ।

प्रदेश मन्त्रालयका सचिव लेखराज दाहालले देशमा दुधको उत्पादन बढेको जनाउँदै यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताए ।

दुग्ध विकास संस्थानका निमित्त राजेन्द्र अधिकारीले भण्डारमा रु एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उल्लेख गरे ।

दुग्ध विकास बोर्ड सदस्य एवं नेपाल डेरी एसोसिएसनका पुर्व अध्यक्ष सुमित केडियाले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने र यसको विदेश निर्यात अपरिहार्य भइसकेको कुरा राखे ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल्ले दुधबाट बनेका वस्तुहरू निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने र यसको लागि कोशी प्रदेश सरकारले गरेको सहयोग प्रशंसनिय रहेको उल्लेख गरे ।

किसानहरूलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरूलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दीनु पर्ने कुरा सिडिक्यानका अध्यक्ष अमर कुँवरले बताए ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए । उनले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताए ।

Inside Article Ads

राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक एवं कार्यक्रमका सभापति डा बालक चौधरीले सरोकारवाला सबैलाई धन्यवाद दिंदै बोर्ड जहिले पनि दुग्ध क्षेत्रको विकास र प्रबर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित करिब एक हजार जनालाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो ।

कार्यक्रममा आर्थिक अभियान पत्रिकाका समाचारदाता प्रशान्त खड्कालाई उत्कृष्ट सञ्चारकर्मीका रूपमा सम्मान गरिएको थियो भने उत्कृष्ट उद्योगको रुपमा झापाको एनएमसी डेरी र काभ्रेको गल्फु बिनायक डेरी सम्मानित भएका थिए । अन्य सम्मानितमा कामधेनु सहकारी सुनसरी , पिठुवा दुग्ध सहकारी चितवन, सिमदेवी पशुपालन सहकारी तेह्रथुम, विशेष सम्मान प्रो। डा। भेषराज भण्डारी, किसानको तर्फबाट राजकुमार तामाङ र विज्ञान बस्नेत छन ।

राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक, डा। बालक चौधरीको सभापतित्व तथा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहको प्रमूख अतिथिमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका राज्य मन्त्री मूख्य सिर्जना राई, मेची नगरपालिका प्रमूख गोपाल चन्द्र बुढाथोकी, उपप्रमूख मीना पोखरेल, कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहाल, पशुसेवा विभाग उपमहानिर्देशक डा।विनय कुमार कर्ण, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवर, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय दुग्ध विकास वोर्डका बोर्ड सदस्य सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजुमार दाहाल, केन्द्रिय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी साईन्स एसोसिएसनका अध्यक्ष सियाराम प्रसाद सिंह, एनएमसीका संस्थापक रामचन्द्र उप्रेती, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष राजन चिमरिया, महासचिव हेमचन्द्र खनाल, केन्द्रिय सदस्य मनोज यादब, योगेन्द्र चिमरिया, अशेष बुढाथोकी, कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्का, एनएमसीका अध्यक्ष ठाकु प्रसाद सिवाकोटी, सिईओ लक्ष्मी प्रसाद उप्रेती, राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन कार्यालय काठमाडौंका उपसचिव रेशमराज ज्ञावली, एनएसएल आईपीका बैकुण्ठ अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्र अधिकारी, कृषि सहकारी मन्त्रालय डा। दीपा दिवाली, भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रका शितल भट्टराई, राष्ट्रिय दुग्ध विकास वोर्डका अधिकृत एवं कर्मचारीहरु लगायत दुग्ध उद्योगीहरुको उपस्थिति रहेको थियो ।

विश्व दुग्ध दिवसका अवसरमा नेपाल डेरी एसोसिएसनको विविध कार्यक्रम

हरेक वर्ष जुन १ तारिखका दिन विश्व भर नै विश्व दुग्ध दिवस मनाउने गरिन्छ । नेपाल डेरी एसोसिएसनले पनि सातै प्रदेशमा प्रदेश जिल्ला लगायत अन्य धेरै ठाउँमा विश्व दुध दिवस भव्यताका साथ मनाएको एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो ।

एशोसियसनले कोशी प्रदेशमा संयुक्त रुपमा केन्द्रिय कार्यक्रम आयोजना गर्‍यो भने मधेश प्रदेशमा अनाथलयमा गई दुध तथा दुग्ध पदार्थ सेवन गराई प्रदेशका अध्यक्ष राघो सिंह, केन्द्रिय उपमहासचिव विजय प्रसाद चौरसिया, प्रदेश उपाध्यक्ष हरि नेपाल, सदस्य नविन चौरसिया लगायत उद्योगीहरुको उपस्थितिमा सम्पन्न भएको जानकारी उहाँले दिनु भयो ।

त्यस्तै बागमति प्रदेशको कार्यक्रममा नुवाकोट जिल्ला अध्यक्ष बालकृष्ण ढुंगेल ९दिपक०, बागमती प्रदेश उपाध्यक्ष धू्रव तिवारी सचिव शिाम घिमिरे, जिल्ला समितिका पदाधिकारीहरु एवं सदस्यहरुको पस्थितिमा हाम्रो बाल संरक्षण धरोहर नेपाल आश्रम नुवाकोटमा रहेका अनाथ बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि भव्यताका साथ मनाईयो साथै काठमाडौं, दरवारमार्गमा कृषि उपज विक्रि वितरण बजारमा काठमाडौं जिल्ला सचिव एवं कपन, बालुवाखानी स्थित तिमल्सिना डेरीका संचालक शिव प्रसाद तिमल्सिनाले निःशुल्क दहि उपलब्ध गराई प्रत्यक्ष मोही बनाएर निःशुल्क खुवाउने कार्यक्रम भएको एशोसिएसनले जनाएको छ ।

गण्डकी प्रदेशमा प्रदेश अध्यक्ष एवं केन्द्रिय सचिव शिवहरी आचार्यज्यूको संयोजकत्वमा सल्लाहकार ज्ञानेन्द्र बजगाई, प्रदेश उपाध्यक्ष रामचन्द्र बराल, सदस्य निर्मल भण्डारी एवं पूर्व सल्लाहकार पूण्य प्रसाद पौडेलज्यूको उपस्थितिमा कास्कीको मानव सेवा आश्रममा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईएको छ भने लुम्बिनी प्रदेशमा त्यहाँ स्थित अस्पतालमा रहेका विरामी, अशक्तहरुलाई केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारी, सहसचिव शिव भुषाल, प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, केन्द्रिय सदसि भुवनेश्वर न्यौपाने, केन्द्रिय सल्लाहकार हिरा के।सी लगायत दुग्ध उद्योगी व्यवसायीहरुको उपस्थितिमा दुध तथा दुग्ध पदार्थ वितरण गरिएको छ । सुदुरपश्चिम प्रदेशमा केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालको संयोजकत्वमा केन्द्रिय सदस्य प्रेम प्रकास पाठक, प्रदेश अध्यक्ष भुपेन्द्र थापा, उपाध्यक्ष राम कुवर, सचिव हर्क चन्द एवं सदस्यहरु एवं सरोकारवालाहरु र दुग्ध उद्योगीहरुको बाक्लो उपस्थितिमा दुध तथा दुग्ध पदार्थको बजारीकरण तथा उपभोग सम्बन्धी अन्तरत्रिया कार्यक्रम गरि दुध तथा दुग्ध पदार्थ सेवन गरि मनाईएको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.