Fast Nepal News

तीन महिनापछि शेयर बजारमा फर्कियो खुसियाली, सकारात्मक सर्किट लागेपछी बजार बन्द

banner single news

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सकारात्मक सर्किट लागेपछी आजको कारोबार स्थगित भएको छ ।

सूचक मिनेटमा ६ प्रतिशतले बढेको हुनाले सर्किट ब्रेकर लागेको छ । आज सोमबार नेप्से सूचक ११७ दशमलव ७० अंकले बढेर २०७८ विन्दुमा पुगेर बन्द भएको छ । अब कारोबार मंगलबार मात्र खुला हुनेछ ।

Inside Article Ads

प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार केहीँ मिनेटमा नै पहिलो सर्किट लागेको थियो । त्यसपछि खुलेको बजार पुनः ४ प्रतिशतमाथिले बढ्दै दोस्रो पटक सर्किट लागेर बन्द भएको थियो । यसलगत्तै खुलेको बजार एक मिनेट पनि नटिक्दै तेस्रो पटक सर्किट लागेर बन्द हुन पुगेको छ ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.