Fast Nepal News

निर्यात व्यवसायी महासंघ नेपालले भव्यतापूर्वक मनायो आफनो स्थापना दिवस (फोटो फिचरसहित)

banner single news

माघ १८, काठमाण्डौ । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले आफनो स्थापना दिवस तथा चौथो बार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । उक्त चौथो बार्षिकोत्सव कार्यक्रम बुधबार राजधानीमा सम्पन्न भएको हो । फिनका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता तथा अर्थ मन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बिशिष्ठ अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा वाणिज्य सचिव नारायण प्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, फीनका सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व सचिव चन्द्र कुमार घिमिरे, युरोपियन युनियनका नेपाल प्रतिनिधि एवं राजदुतहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु हुँदै निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याउनुभयो । अर्थमन्त्री डा. प्रकाश शरण महत महासंघको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो ”तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ’ ।
मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्षले उठान गर्नुभएको सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्नुहुँदै सरकारले चाहदा चाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल संबोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरि उहाँले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफटाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट पार्नुभयो ।

उहाँले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउनुहुँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गर्नुभयो । डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेयले पहिला के के भयो भएन भन्नेमा भन्दा अब कसरी अगाडी बढ्ने भन्ने चर्चा गर्नु बढी सान्दर्भिक र व्यावहारिक हुने उल्लेख गर्नुहुँदै निर्यात वृद्धिका लागि लक्ष्य तोकी काम गर्न सक्ने विभाग तथा शाखा नहुँदा यो क्षेत्र सधै उपेक्षित रहेको औंल्याउनुभयो ।

अध्यक्ष पाण्डेले निर्यात वृद्धिका लागी सहुलियतपूर्ण ऋणको व्यवस्था मिलाउन माग राख्नुहुँदै यस प्रकारको सुविधाले निर्यातमा उल्लेख्य वृद्धि हुने दाबी गर्दै भन्नुभयो ”निर्यात वृद्धिको लागी बढीमा साढे ६ व्याजदरमा सहुलियत पूर्ण ऋणको व्यवस्था गर्न जरुरी छ । ऋणको लागि चाहिनेरकमको श्रोत पहिचान गर्न एवं कार्यविधि बनाई पूर्ण सदुपयोग हुने गरी कार्यान्वयनमा लाने कुरामा हामी सहयोग गर्न सदैव तयार छौ । अर्को हामीले निर्यात वृद्धिका लागी एउटा छुट्टै निर्यातलाई सहयोग पुग्ने खालको निर्यात नीतिको तर्जुमा गरी कार्यान्वयनमा ल्याउन जरुरी देखेका छौं”।

त्यस्त,ै उहाँले सरकारले दिने नगद अनुदान रकम कम हुँदा साना उद्यमीहरुले अनुदान पाउन नसकेकोले अनुदान रकम बढाउनु पर्ने, निर्यात क्षेत्रका निम्ति छुट्टै एफडिआई नीति ल्याउनुपर्ने, नेपालमै बिक्री केन्द्र र अन्तराष्ट्रि«य स्तरको मेला आयोजना गर्न घर, लिजमा जग्गा उपलब्ध तथा एक्पोर्ट भिलेजको आवश्यक रहेको, निर्यातजन्य केहि वस्तुको कच्चा पद्धार्थ आयातमा भन्सार बृद्धि भएकाले सोको पुनरावलोकन हुनुपर्ने, ऊनी, कपास र तरकारीमा लगाईएको मुल्य अभिबृद्धि कर हटाउनुपर्ने, कर छुट कायम राख्नुपर्ने माग राख्नुहुँदै बजेटले निर्यात भएपछि स्वतः निर्यातक कम्पनीको खातामा निर्यात अनुदान जम्मा हुने स्वचालित प्रणाली, निर्यातलाई व्यवस्थित गर्ने स्थायी संयन्त्रको व्यवस्था लगायतका विषयलाई बजेटले सम्बोधन गर्न नसकेको र समग्र बजेट सकारात्मक रहने भए पनि कार्यान्वयनमा भने समस्या रहदै आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष पाण्डेले निजी क्षेत्रको प्रयासबाट दाँयारा बढाउदै निर्यात व्यवसायीहरुले १५५ देशसम्म नेपालका उत्पादन नियमित निकासी गर्दै आएको जनाउनुहुँदै १२८ देशसँग नेपालको व्यापार घाटा रहेको जानकारी समेत गराउनुभयो ।

कार्यक्रम माझ नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले हुलाक मार्फत ई कमर्सलाई दुरदराजदेखी विश्वसम्म जोडन सकिने हुँदा यसको प्राविधिक पक्षको सबलीकरणमा सरकारले जोड दिएको उल्लेख गर्नुभयो । साथै उहाँले नेपालको लोजिस्टिक सेवा कमजोर रहेकोले सोमा सुधार गर्न र विश्वबजारमा जाँदा आफनो कम्पनीको एकल उत्पादन भन्दा सामुहिक व्यवसायिक हितको निम्ती उदार बन्न पनि निर्यातकहरुलाई आग्रह गर्नुभयो ।

सांसद गणेश पराजुलीले उत्पादनशिल क्षेत्रको ५ प्रतिशत मात्र योगदान रहेको जनाउनुहुँदै निर्यात माथि जोड नदिईदा रेमिटेन्समुखी भएकाले अर्थतन्त्र उकासिन नसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उत्पादनशिल क्षेत्रमा आयात प्रतिस्थापन गर्ने गरि बजेट आउने हो भने विदेशी मुद्रा बढने र आयात निर्यात बीचको असन्तुलनमा कमी आउने उल्लेख गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातक भनेका विदेशी मुद्रा आर्जन गर्ने राष्ट्र शक्ति भएकाके यस क्षेत्रका तमाम समस्या हल गर्न सरकार गम्भिर बन्न जरुरी रहेको औंल्याउनुभयो ।

उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित
बार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट शक्ति कुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट ईन्द्र कुमार अग्रवाल, त्यसैगरी नेपाल ह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एशोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एशोसियसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई, हिमालयन अर्थोडक्स टिबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एशोसियसन नेपालबाट विदुषी राणा, नेपाल कथ्था उत्पादक संघबाट कैलाश चन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एशोसियसन अफ नेपालबाट गोपी प्रसाद कँडेल, नेपाल ब्रुम एशोसियसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एशोसियसनबाट बिष्णुमदोगदिया, नेपाल डेरी एशोसियसनबाट निराजन कोईराला, रुद्राक्ष व्यवसायी संघबाट शालिक राम थापा र नेपाल कफी प्रोड्युसर्स एशोसियसनबाट बोधराज अर्याल हुनुहुन्छ । सोही अवसर माझ निर्यात स्मारिका २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदर पत्र प्रदान गरियो । बार्षिकोत्सवमा उपस्थित प्रमुख अतिथि तथा सबै अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Inside Article Ads

यसैगरी सो पूर्व फिनले आफनो बन्द सत्र कार्यक्रम सम्पन्न गरेको थियो । उक्त सत्रमा महासचिव देवानन्द सरावगीले प्रतिवेदन सार्वजनिक गर्नुहुँदै निर्यात प्रबद्र्धनसंग जोडिएका विभिन्न सवालहरुमा निरन्तर सक्रिय रुपले सम्बन्धित सरोकारवालासंगको महासंघले औपचारिक तथा अनौपचारिक छलफल र अन्तरक्रिया कार्यक्रमहरुमा सहभागीता जनाउदै आएको जानकारी दिनुभयो । उहाँले आफ्ना सदस्य संघहरुले उठाएका सवालहरुलाई लिएर नेपाल सरकारका सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने र नीतिगत सुधार तथा कार्यान्वयनमा देखिएका समस्याहरुको बिषयमा बहस तथा पैरवीका कार्यक्रमहरु गरिएको बारे प्रकाश पार्नुभएको थियो ।

महासचिव सरावगीद्वारा प्रस्तुत प्रतिवेदनमा निर्यातजन्य बस्तुगत संघहरु तथा निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन भएकाले नेपालबाट निर्यात हुने बस्तुको उत्पत्तीको प्रमाणपत्र जारी गर्नका लागि निर्यात व्यवसायी महासंघलाई अधिकार दिईनु पर्ने, नेपालबाट निर्यात हुने वस्तुको लागि स्वदेशमा पर्याप्त मात्रमा कच्चा पदार्थ उत्पादन हुन नसकेको कारण निर्यात रकमको ठूलो हिस्सा विदेशिएकाले त्यसबाट अर्थतन्त्र प्रभावित बन्दै आएको, लागत मुल्य पनि बढ्ने हुदाँ च्याङग्रा तथा भेडा पालन, सिल्क धागो उत्पादन, कपास खेती तथा स्थापना भईसकेका कपडा मिलहरुलाई सुचारु रुपमा चलाउन समुचित व्यवस्था गरिनुपर्ने जस्ता सवालहरु उठान गर्नुभयो ।

Visited 82 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.