
काठमाडौ पाैस १४ ! नीलगंगा बचत तथा ऋण सहकरी संस्था लि को १६ औ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभामा शेयर सदस्यहरुको उल्लेख्य उपस्स्थिती रहेको थियो। संचालक समितिको तर्फबाट अध्यक्ष श्री सुरेश शर्मा ढकालले प्रस्तुत गर्नुभएको प्रतिबेदन तथा निति तथा कार्यक्रम माथि छलफल भएकाे थियाे। सभामा बिशेष अतिथिको रूपमा उपस्थित का.म.पा. वडा नम्बर २६ का वडा अध्यक्ष श्री ख्याम राज तिवारीले सहकारीले बर्तमान अवस्थामा पनि सदस्यहरुलाइ निरन्तर सेवा दिइरहेकोमा सराहना गर्दै अझ सचेत र सम्यमित भएर अगाडी बढनु पर्ने आबस्यकतामा जोड दिनुभयो
।
सभाका प्रमुख अथितिको रुपमा राष्ट्रिय सहकारी महासंघ का नायब महाप्रबन्धक श्री बाबुल खनालकाे उपस्थिती थियो । उहाँले बर्तमान अवस्थामा सहकारीमा संकटको अवस्था देखापरेका वेलामा पनि यस सहकारीले सेयर सदस्यलाई मुनाफा वाँडि भव्य कार्यक्रम गरि सदस्यहरूलाई खुसि वनाउन सफल भएकाेमा अाफु खुसि भएकाे वताउनु भयाे ।साथै संस्थालाई सफलता साथ संचालन गर्न सफल भयकोमा संचालक तथा कर्मचारी हरुलाइ धन्यबद दिनु हुँदै आगमी दिनहरुमा संस्था ले गर्नु पर्ने महत्वपूर्ण कामहरुकाे लागि सुझाब सहित सन्स्थागत उपलब्धिका लागि विभिन्न आधार हरु प्रस्तुत गर्नु भएकाे थियो। कार्यालय प्रमुख श्री कृष्ण हरि अर्यालले सदस्यहरुले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गर्दै कार्यालय को तर्फबाट केही महत्वपूर्ण जानकारी राख्नु भएको थियो । सभाले रिक्त रहेको सचिब र १ जना सदस्यमा क्रमश: श्री लक्ष्मी शर्मा र श्री रत्ना ढकाल लाई निर्बिरोध निर्बाचित गरेको जानकारी अध्यक्ष सुरेस शर्मा ढकालले जानकारी दिनु भयाे । कार्यक्रममा राष्ट्रिय कलाकारहरूकाे वेजाेड प्रस्तुतिले कार्यक्रमकाे राैनक वढाएकाे थियाे ।