८ पुष,काठमाडौँ-अघिल्लो हप्ता लगातार बढेर ११४ अंकमाथिले वृद्धि भएको नेप्से सूचकमा यो साताको पहिलो कारोबार दिन नै २१ अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २१.०३ अंकले घट्दै २०८८.०७ अंकमा झर्न पुगेको छ ।। २१ अंकले नेप्से घटेको यस दिन ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
Visited 39 times, 1 visit(s) today