
२४ मंसिर,काठमाडौँ-आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेर सेयर कारोबार बन्द भएको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
११:२५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
त्यस्तै, १२:७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । आइतबारका लागि सेयर कारोबार बन्द भएको छ ।
आइतबार सेयर बजारको नेप्से परिसूचक १ सय ११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेट कारोबार हुँदा जम्मा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।