
२६ चैत , रसुवा- निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन । लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो ।
झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो । अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएका छन् । भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ । मैलुङदेखि स्याफ्रुबँसीसम्मको सडकको लम्बाई १९ कि. मि रहेको छ ।
