Fast Nepal News

वीउवासङ्घद्वारा भियतनामको व्यवसायीक उद्यान (व्यापारिक पार्क) अवलोकन

banner single news

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहहरु सहित होचिमिह सिटीमा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् । वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको भएको छलफल तथा भियतनामका उद्योगी व्यवसायीहरुले “होचिमिह सिटी”मा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) भ्रमण र अवलोकनका लागि गरेको आग्रह अनुसार सङ्घको टोलीले सो व्यापारिक पार्कको भ्रमण अवलोकन गरेका थिए । उक्त अवसरमा सङ्घको भ्रमण टोलीले व्यापारिक पार्कका महानिर्देशक संग भेटघाट तथा अन्तरक्रिया गरेको थिए ।

अन्तरक्रियाको क्रममा व्यपारिक पार्कका महानिर्देशकले व्यापारिक पार्कको विशेषताबारे वीरगञ्ज उद्योग वाणिज्य सङ्घको भ्रमण टोलीलाई प्राविधिक तथा स्थलगत रुपमा अवगत गराउनु भएको थियो । मुख्य विशेषता सम्बन्धमा महानिर्देशकले भन्नु भयो यस व्यापारिक पार्कमा कुनै व्यवसायीले त्यहाको जग्गा र भवनका लागि एक पटक लगानी गर्दा ५० बर्षसम्मको लागि प्रभावकारी हुन्छ र ५० बर्ष पछि मात्र नवीकरण गराउनु पर्ने व्यवसथा रहेको छ । जसले गर्दा यस व्यवसायीक पार्कमा विश्वका धेरै जसो देश अमेरिका, जापान, कोरिया युरोपीय मुलुकहरुका साथै अफ्रिकी मुलुकका उद्योगी व्यवसायीहरुको अत्यधिक लगानी रहेको जानकारी गराउनु भएको थियो । देशको आर्थिक विकासका लागि अर्थकर्मीहरुको प्रमुख भूमिका हुने रहेछ भन्ने कुरा सुनेका थियौं तर आज स्थलगतरुपमा अनुभव गरेको सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले बताउनु भएको थियो ।

वहाले, यस किसिमको सुविधा नेपाल सरकारले पनि उपलब्ध गराउनु सक्यो भने नेपालको आर्थिक सबलता अन्य मुलुक भन्दा अगाडी रहने बताउनु भएको थियो । वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको सिमरामा नेपाल सरकारले स्थापना गरेको इपीजेडकोमा जग्गाको मूल्य धेरैनै रहेकोले उद्योगी व्यवसायीहरु उक्त ठाउँमा उद्योग लगाउन सकि रहेका छैन अध्यक्ष डा.गुप्ताले थप्नु भएको थियो । वैदेशिक लगानी कसरी भित्राउने र भित्री सकेको लगानीलाई कसरी प्रवद्र्धन गर्ने हामीले सिक्नै पर्ने भएकोले यस व्यवसायीक भ्रमणले धेरै कुरा सिक्ने मौका पाएकोमा डा. गुप्ताले प्रसन्नता व्यक्त समेत गरेका थिए ।

Inside Article Ads

उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ । वीउवासङ्घका व्यापारिक प्रतिनिधिमण्डल गत एक सातादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमण रहेका छन् ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.