Fast Nepal News

शुक्रबारको सेयर असोजदेखि कारोबार बन्द हुने

banner single news

१९ भदौ, काठमाडौं । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको छ । असोदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको हाे । आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताए ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भदौदेखि नै शुक्रबारको कारोबार हटाउने भन्दै बोर्डमा प्रस्ताव लगेको भएपनि नेप्सेको अध्यक्ष रहेका अर्थमन्त्रालयको सहसचिव चक्रप्रसाद बुढाले शुक्रबार कारोबार किन सुरु गरेको र बन्द गर्नुपर्ने औचित्य के भन्दै प्रश्न गरेका थिए । नेप्सेका सीईओले जवाफ दिन नसकेपछि यसअघिको बोर्ड बैंठकबाट निर्णय हुन सकेको थिएन ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.