Fast Nepal News

बरिष्ठ नेता पौडेलबाट पाँचौं प्राङ्गारिक मेलाको समुदघाटन

banner single news

काठमाडौं ।  अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट  एण्ड रिसर्च सेण्टरको आयोजनामा आज बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला २०७८ संचालनमा आएको छ ।ललितपुर स्थित पाटन संग्राहलय परिसरमा आयोजित  सो मेलाको उदघाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो । सो अवसरमा मेलाको उदघाटन पस्चात कार्यक्रमलाई सन्बोधन गर्ने क्रममा उहाँले जति मानव जाती प्रकृतिबाट टाढा हुँदै गयो उति आपत र विपतमा पर्दै आएको  कुरालाई कोभिडले पुष्टि गरेको बताउनुहुँदै अर्गानिक कृषि खेतीलाई प्राथमिकता दिनु पनि  प्रकृतिसँग नजिक हुनु रहेको उल्लेख गर्नुभयो । पूर्व  सभामुख एवम् उपप्रधानमन्त्री समेत रहनुभएका नेता पौडेलले नेपालको अधिकांश जमिन बाँझै रहेको तथा पानी त्यसै खेर गईरहेको उल्लेख गर्नुहुँदै त्यसको उपयोग गर्नुपर्ने खाँचो समेत औंल्याउनु भयो ।  साथै उहाँले देशको स्थायि विकासका लागि बिस्तारै अर्गानिक उत्पादनमा जानुपर्ने जिकिर पेश गर्दै  त्यसो गर्न सके नेपालको पर्यटन क्षेत्रको समेत विकास हुने बताउनु भयो ।  उहाँले स्वस्थ, सुखी र आनन्दको जीवन जिउन पनि अर्गानिक अभियान अगाडि  बढाउनुको विकल्प नरहे उल्लेख समेत गर्नुभयो ।

त्यसैगरि, अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष पूर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले रसायनिक मलबाट हुने बढि उत्पादनलाई अर्गानिक खेतीबाट हुने कम उत्पादनले पनि धान्न सक्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्न नसकिएको उल्लेख गर्नुहुँदै सरकारले  नीति ल्याएर नेपाललाई पूर्ण अर्गानिक मुलुक बनाउन लाग्नुपर्ने बताउनु भयो । अध्यक्ष बाँस्कोटाले प्रधानमन्त्री र राष्ट्रपतिको आव्हानमा नभई सहि    नीति ल्याएर मात्रै विदेशिएका नेपालीलाई स्वदेश फर्कन वाध्य तुल्याउन सकिने बताउनु भयो । किचन होईन भान्सा घर बनाए मात्रै त्यो औषधि घर बन्ने बताउदै उहाँले  मेलाले सिंगो देशलाई नै जोंडने दाबी पेश गर्नुभयो ।

त्यसैगरि, नेपाल विज्ञान तथा प्रविधि  प्रतिष्ठानका उपकुलपति नाष्ट उपकुलपति सुनिल बाबु श्रेष्ठले नेपाल उर्वर भुमी रहेको बताउनु हुँदै  नेपालमा शिप र परम्परागत ज्ञान कृषिसँग जोडिदै  आएको इतिहास उल्लेख गर्नुहुँदै अर्गानिक उत्पादनलाई उद्योगसँग जोडन सके त्यसले देशका लागि राम्रो प्रतिफल दिने धारणा  व्यक्त गर्नुभयो ।

कार्यक्रम माझ मेलाकी संयोजक तथा अर्गानिक एशोसियसन अफ नेपालकी महासचिव शान्ता बाँस्कोटाले विगतका मेलाबाट प्राप्त उपलब्धीबाट प्रेरित हुँदै पाँचौ श्रिँखलासम्म आईपुगेको स्मरण गर्नुहुँदै नेपाली उत्पादन प्रबर्द्धन गर्न मेला फलदायी हुने बताउनुभयो ।  अर्गानिकको विकल्प अर्गानिक नै रहेको उल्लेख गर्नुहुँदै उहाँले निजी क्षेत्रले अर्गानिक उत्पादनमा अघि बढिरहेको प्रसंग सहित नेपाल सरकारले अर्गानिक खेतीलाई प्राथमिकतामा राख्दै जानुपर्ने धारणा राख्नुभयो ।

बाँस्कोटाले अर्गानिक कृषिमा लागेका व्यक्ती र कम्पनीबाट उत्पादित सामाग्री एकै ठाउँबाट बिक्री हुने हुँदा मेला सबैका लागि साझा थलो बन्ने दाबी पेश गर्दै ५० स्टल र २०० भन्दा बढि सामाग्री राखिएको त्यस स्टलमा स्वदेशी विदेशी १ लाखले अवलोकन गर्ने अनुमान गरिएको जानकारी समेत दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मेलाको सफलताको शुभकामना दिनुहुँदै निजी स्तरबाट अर्गानिक उत्पादनमा बढवा दिदै गईएको र यस्ता मेलाले उद्यमशिलता विकासमा प्रोत्साहन मिल्ने बताउनुभयो ।

Inside Article Ads

ग्लोबल कन्ट्रि अफ डिभाईन वर्ल्ड पिसका म्यानेजिङ डाईरेक्टर राजा किन्स्ले ब्रुकले नेपाल अर्गानिक मुलुकका रुपमा रहेर आफ्ना उत्पादनलाई विश्व बजारसम्म पुर्याउन सक्छ भन्दै नेपालले विश्वलाई नै नेतृत्व गर्न सक्ने औंल्याउनुभयो ।

साथै उहाँले वैदिक अर्गानिक कृषि खेतीलाई अभियानका रुपमा अगाडि बढाउन आग्रह गर्नुहुँदै यसले नेपाललाई विकास र उन्नतीमा अगाडि बढाउने उल्लेख समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, कार्यक्रममा ग्रिल उद्योग संघका अध्यक्ष मोहन कटुवाल, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका का. मु. कार्यकारी निर्देशक सुयस खनाल, नेपाल एओटिएस एल्मुनाइ सोसाईटीका अध्यक्ष प्रशान्त श्रेष्ठ, कृषि अभियन्ता उद्धव अधिकारी, ग्लोबल डिभाईनकी लेस्ले ब्रुक, अर्गानिक ईन्स्पेक्टर महेश्वर घिमिरे, नेपाल अर्गानिक एशोसियसनका उपाध्यक्ष प्रेम लामा लगायतको उपस्थिती रहेको थियो ।

समुदघाटन सत्र पस्चात वरिष्ठ नेता पौडेलले मेलाको मेला अवलोकन गर्नुभई केही सामाग्रीहरु खरिद समेत गर्नुभएको थियो ।  वैशाख ४ गतेसम्म चल्ने उक्त मेलामा ५० स्टल र चिया, कफी, अचार, मह, जुस, जडिबुटि, हस्तकला आदीका २०० हाराहारी वस्तुहरु बिक्रीका लागि राखिएको छ । मेला विहान १० बजे देखी साँझ ५ बजेसम्म संचालनमा रहने आयोजक संस्थाकी तारा बाँस्कोटाले जानकारी दिनुभएको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.