Fast Nepal News

उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

banner single news

काठमाडौँ — ०९ चैत्र २०७८

काठमाडौँ , गृहमन्त्री बालकृष्ण खाणले स्वदेशी उद्योग र व्यवसायलाई प्रबर्द्धन गर्ने, संरक्षण गर्ने र आय आर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध  रहेको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीसँग मंगलबार गृह मन्त्रालयमा भएको भेटमा  खाणले उद्योग र व्यवसायको प्रबर्द्धन गर्न सकेमात्रै राज्यलाई राजश्व बढ्ने र बजेटमा बढोत्तरी गर्न मद्दत पुग्ने बताए । गृहमन्त्री खाणले व्यवसायीहरूले भोग्नु परेका समस्या समाधानका लागि सरकार पर्यत्नशील रहेको बताए । ‘व्यवसायीले भोग्नु परिरहेका समस्या समाधान गर्न सरकार तयार छ । सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न हामी लागिरहेका छौँ ।

तपाईंहरूलाई दुःख दिने हाम्रो मनसाय छैन,’ गृहमन्त्री खाणले भने, ‘आफ्ना समस्या समाधान गर्न उद्योगी व्यवसायी पनि प्रतिबद्ध रहनुपर्छ ।’ उद्योगी व्यवसायीहरूले पनि राज्यले अवलम्बन गरेका नीति र कानुन अनुरुप उद्योग व्यवसाय सञ्चालन गरेर सरकारलाई सहयोग गर्नुपर्ने उनले बताए ।  भेटमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीले भोग्नु परेका समस्याबारे अवगत गराएका थिए । औषधिको मूल्य ७/८ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसार–पसारमा सुरक्षाकर्मीले धेरै चासो दिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका थिए । जवाफमा गृहमन्त्री खाणले समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.