Fast Nepal News

‘अनियन्त्रित मूल्यबृद्धिले उपभोक्तामा परेको प्रभाव’ बिषयक विचार गोष्ठी सम्पन्न

banner single news

काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर अनियन्त्रित मूल्यबृद्धिले – यसले उपभोक्तामा परेको प्रभाव बिषयक विचार गोष्ठी आयोजना गरेको छ । मंचले मार्च १६ तारिख बुधबार प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरि उपभोक्ता दिवस मनाएको हो । राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्वमा पतित्वमा आयोजित कार्यक्रमको उदघाटन बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रजनी अमात्य जोंन्छेले गरेकी थिईन् । सो अवसरमा मन्त्री जोंन्छेले सबै नागरिक उपभोक्ता भएको उल्लेख गर्दै सरकारले उपभोक्ता अधिकार सुनिश्चित गर्न लागि सक्दो प्रयास गर्दै आएको जानकारी दिईन् । मूल्यब्रिद्धी हुँदा हरेक क्षेत्रमा असर पर्ने हुँदा नियन्त्रणका लागि सरकारको तर्फबाट अनुगमनका कार्य हुँदै आएको पनि मन्त्री जोंन्छेले बताईन् ।

वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठले व्यवसायी र उपभोक्ता बीचमा बसेर काम गर्दा दुवै पक्षको गुनासो सुनेर निर्णय गर्नुपर्ने दायित्वलाई निभाउने क्रममा गुनासोको किसिम र परिक्षणको प्रमाणलाई आधार मानेर कार्वाही गरिदै आईएको बताउदै अनुगमन मार्फत बजारलाई व्यवस्थित तुल्याउन लागिपर्दै आएको जानकारी गराए । स्वच्छ व्यवसायिक प्रतिस्पर्धाका लागि वाणिज्य विभाग लागि पर्दै आएको बताउदै व्यवसायीलाई निरुत्साही तुल्याउने गरि जथाभावी कार्वाही गर्न नमिल्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले २०७२ को धारा ७२, कालोबजार ऐन, उपभोक्ता संरक्षण ऐनम आदीमा समायानुकुल परिमार्जन गर्न आवश्यक रहेको बताउदै मंचले यस तर्फ पनि ध्यान दिनुपर्ने र बजार अनुगमनका नाममा व्यवसायीहरुले पाउदै आएको दु:खलाई पनि मनन गर्न आग्रह गरे । साथै, उनले २०० अर्ब भन्दा बढि मुल्यको खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेकाले कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै विश्वमा उथुलपुथुल हुँदा नेपालमा महंगी र अभाव हुने गरेको, अन्य समयमा पनि विचौलियाका कारण महंगी बढदै आएको र बैंकको स्प्रेड दर बढि हुँदा व्यवसायी तथा उपभोक्ताहरु समस्यामा पर्दै आएको बताए ।

Inside Article Ads

अर्थविद् अच्युत रेग्मीले राज्यलाई राज्य जसरी नचलाईदिदा राज्य संयन्त्र चुस्त बन्न नसकेको उल्लेख गर्दै आर्थिक, शासकिय र राज्यको जिम्मेवारी जस्ता तीन कारणले अनियन्त्रित मुल्य ब्रिद्धी हुने गरेको बताए । साथै, उनले माग र आपुर्ती बीच सन्तुलन ल्याउन सके अनियन्त्रित मुल्यको समस्या हल हुने र कानुनी प्रावधानहरु लागु हुने गरि तर्जुमा गर्नुपर्ने जनाए । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले सुर्य बहादुर अमात्यले नेपालमा उपभोक्ता आन्दोलनको जग हाल्नु भएको स्मरण गर्दै नेपालको संविधानले मौलिक अधिकारका रुपमा प्रत्याभुत गरेता पनि हाल महंगी चरम चुलीमा पुगेकाले आम नागरिकको चुलो बल्न पनि मुस्किल रहेको बताए ।

मंचका उपाध्यक्ष पुष्पराम पौडेलले बिषयवस्तु बारे प्रकाश पार्ने क्रममा कानुनत उपभोक्ता अधिकारको सवाल कागजी रुपमा धेरै सुनिश्चित भए पनि व्यवहारमा लागु हुन नसकेको औल्याउदै यस बर्ष ५० अर्ब ५८ करोडको अन्न आयात भएको आँकडा प्रस्तुत गर्दै आत्मनिर्भर अर्थतन्त्रका लागि जोड दिनुपर्ने बताए । नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष मणिक रत्न शाक्यले घर, जग्गा, मोटर आदीमा लगानी गर्न पाउने तर सुनमा लगानी गर्न नपाउने व्यवस्था परिवर्तन गर्नुपर्ने कुरा राखे । त्यसैगरि, राष्ट्रिय उपभोक्ता मंच भक्तपुरका अध्यक्ष मनोज थापाले आपसी तालमेल नमिल्दा उपभोक्ताहरु पिल्सिरहेको बताउदै सरोकारवाला बीच समन्वय हुन जरुरी रहेको बताए ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.