Fast Nepal News

‘सडक विस्तारमा ढिलाइ अस्वीकार्य’

banner single news

काठमाडौँ — ०५ फागुन २०७८

काठमाडौँ , एसियाली विकास बैंक (एडीबी) का राष्ट्रिय निर्देशक आर्नो कोस्वाले नारायणगढ–बुटवल सडक निर्माणमा थप ढिलाइ स्वीकार्य नहुने बताएका छन् । उक्त सडक खण्ड निर्माणमा ढिलाइ भएको गुनासो आएसँगै उनले सोमबार र मंगलबार स्थलगत अनुगमन गरेका थिए । ‘अब ढिलाइ स्वीकार्य हुँदैन । आयोजनामा संलग्न सबैले यो रणनीतिक सडक सञ्जाललाई तोकिएको समयमा सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘सडक निर्माण र मर्मतसम्भार कार्यले पछिल्ला महिनामा गति लिएको छ । यसले अझै तीव्रता पाउनुपर्छ ।’

वर्षाका कारण क्षतिग्रस्त बनेका पुल अर्को वर्षा आउनुअघि नै बनाइसक्न पनि उनले आग्रह गरेका छन् । सासेक सडक सुधार आयोजना (एसआरआईपी) अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माण तथा स्तरोन्नति सकिएपछि नेपालको अर्थतन्त्रलाई समेत लाभ हुने उनले बताए ।

Inside Article Ads

‘कोभिड महामारी, निर्माण स्थलमा पर्ने रूख कटान र बिजुलीका पोल सार्न भएको ढिलाइले आयोजनाको प्रगतिमा अवरोध पुगेको हो,’ आयोजना निर्देशक सुशील बाबु ढकालले भने, ‘अहिले धेरै समस्या समाधान भइसकेकाले ठेकेदारलाई निर्माण कार्यलाई तीव्रता दिन भनिसकेका छौं ।’ कोस्वाले चार वटा पुल निर्माणस्थल, क्रसर, प्लान्ट क्षेत्र, ब्याचिङ प्लान्ट स्थल, श्रमिक तथा ठेकेदार क्याम्प स्थल अनुगमन गरेका थिए ।    

( कान्तिपुर दैनिक )

Visited 43 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.