Fast Nepal News

अन्तर–नेटवर्क कल र एसएमएस शुल्क घट्यो

banner single news

काठमाडौँ — २० माघ २०७८

काठमाडौँ , नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा भ्वाइस कल गर्दा वा एसएमएस पठाउँदा अब कम शुल्क लाग्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबारबाट लागू गरेको ‘अन्तरआबद्धता निर्देशिका २०७६’ मा एउटा सेवा प्रदायकको नेटवर्कका ग्राहकले अर्को नेटवर्कका ग्राहकलाई कल गर्दा लाग्ने शुल्क परिमार्जन गरिएको छ । टेलिकमका अनुसार अब कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ १० पैसा लाग्नेछ । कम्पनीको जीएसएम, सीडीएमए र सी–फोन पोस्टपेडबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ८ पैसा लाग्नेछ । जीएसएम, सीडीएमए र सी–फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा लाग्ने टेलिकममा प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउँदा प्रतिसन्देश एक रुपैयाँ १० पैसा लाग्ने भएको छ । अन्तरआबद्धता शुल्क लागू भएपछि नेपाल टेलिकम, एनसेल तथा स्मार्टसेलबाट अन्य सेवा प्रदायकमा गरिने फोनको शुल्क झन्डै ४४ पैसा सस्तो भएको हो । यसअघि नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट २ रुपैयाँ लाग्ने गरेको थियो भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० पैसा लाग्थ्यो ।
Inside Article Ads

२०७६ चैतबाट लागू गर्ने भनिएको टेलिकम कम्पनीहरूको अन्तरआबद्धता शुल्क झन्डै २ वर्षपछि मात्रै कार्यान्वयनमा आएको हो । सेवा प्रदायकले पटक–पटक समय माग गर्दै आएका कारण मिति सर्दै आएको थियो ।

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.